१५ बैशाख २०८१, शनिबार
Follow Us

रुकुम पश्चिममा कांग्रेस नेकपा भिडन्त, १७ राउन्ड हवाइफायर

नेपालब्रिटेन संवाददाता
६ माघ २०७७, मंगलवार १२:११

आठबीसकोट । रुकुम पश्चिमको आठबीसको नगरपालिका–९ स्थित राडी बजारमा कांग्रेस कार्यकर्तामाथि नेपाल कम्युनिष्ट पार्टी (दाहाल–नेपाल) समूहले आक्रमण गरेको छ । आक्रमणमा परी आठबीसकोट नगरपालिका–९ का वडाध्यक्ष तारकबहादुर शाही गम्भीर घाइते भएका छन् । उनी कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

सोमबार साँझ ८ बजेबाट दुवै पक्षबीच विवाद भएको थियो । विवाद समाधान गरिए पनि मंगलबार बिहानैदेखि पुनःझडप भएको हो । दुवै पक्षबीच विवाद भइरहेको सूचना प्रहरीले पाएपछि उनीहरुलाई तितरवितर पारेको प्रहरीले जनाएको छ ।

दुवै पक्ष छलफलका लागि इलाका प्रहरी कार्यालयमा पुगेका बेला झडपको अवस्था आएको हो । दाहाल–नेपाल समूहले कांग्रेस कार्यकर्तामाथि आक्रमण भएपछि बजारका मान्छे आक्रोसित भएका थिए ।

अवस्था नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयबाट बिहानै प्रहरी निरीक्षकको कमाण्डमा जनपद र सशस्त्र प्रहरी पठाइएको थियो ।

मंगलबार बिहानैदेखि दुई पार्टीका कार्यकर्ताबीच झड्प भएको हो। झडपलाई नियन्त्रणमा लिन प्रहरीले १७ राउन्ड हवाइ फायर गरेको छ।