१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनए विधान समितिले सुझाव बुझायो, सहमतिको प्रस्ताव तयार हुदै

नेपालब्रिटेन डट कम्
७ माघ २०७७, बुधबार ०९:५२

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको विधान सुझाव समितिले आफ्नो प्रतिवेदन पेश गरेको छ ।

संघका पूर्वप्रवक्ता भूषण घिमिरेको संयोजकत्वमा गठित समितिले बिभिन्न क्षेत्रबाट प्राप्त सुझावलाई आधार बनाएर २७ पेज लामो संशोधन प्रस्ताव संघका अध्यक्ष कुमार पन्त समक्ष पेश गरेको हो ।

संघको विधान संशोधनका लागि १२ सय ५० जनाले प्रत्यक्ष रुपमा आआफ्नो सुझाव पेश गरेको समितिका उपसंयोजक गंगाधर गौतमले जनाए ।

२१ वटा औपाचारिक बैठकमा १ सय २३ घण्टा छलफल भएको समितिले जनाएको छ । समितिद्धारा प्रस्तुत विधान समितिमा छलफल गर्ने गैरआवासीय नेपाली संघको बैठक आजै बस्दैछ ।

समितिद्धारा प्रस्तुत सुझावका आधारमा सबै पक्षका भावनालाई समेटेर साझाँ प्रस्ताव तयार गर्न समितिका संयोजक भूषण घिमिरे र उपाध्यक्ष मन केसीलाई जिम्मा दिइएको बताएको छ । संघको शनिवार देखी शुरु हुने विशेष महाधिवेशनमा सो विधान संशोधन प्रस्ताव पेश गर्ने तयारी गरिएको छ ।


यस्तो छ एनआरएनए विधान संशोधन समितिले पेश गरेको प्रस्ताव