१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बेलायतमा कोभिडले थप एक नेपालीको निधन

नेपालब्रिटेन डट कम्
७ माघ २०७७, बुधबार १०:२८

लन्डन । बेलायतमा कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण थप एक जना नेपालीको ज्यान गएको छ ।

लन्डन बस्दै आएका ५५ वर्षीय पूर्व गोर्खा सैनिक अमर गुरुङको मंगलबार निधन भएको बताएको छ ।

जनवरी ५ तारिखमा अस्पताल भर्ना भएका गुरुङको उपचारकै क्रममा निधन भएको हो ।

लन्डन हिलिङडन बरोको हेजमा बस्दै आएका हिलिङडन गोर्खा नेप्लिज कम्युनिटी तथा खोटाङ, संखुवासभा, भोजपुर समाजका वर्तमान उपाध्यक्ष समेत थिए ।

उनी श्रीमती, छोराबुहारी र नातिनातिनिहरुसंग बस्दै आएका थिए ।