March 5, 2021
9:53 AM | 3:38 PM
डायस्पोरा

बाइडेनद्धारा अमेरिकाको ४६ औं राष्ट्रपति रुपमा सपथग्रहण

  20/01/2021 मा प्रकाशित

अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा जो बाइडेनले र्औपचारिक रुपमा सपथग्रहण गरेका छन् । त्यस्तै कमला ह्यारिसले उपराष्ट्रपतिका रुपमा सपथग्रहण गरेकी छिन् । ४ बर्ष लामो ट्रम्प युगको अन्त्य गर्दै बाइडेन अमेरिकी राष्ट्रपति भएका हुन् भने पहिलो महिला उपराष्ट्रपतिका रुपमा कमला ह्यारिसले इतिहास कायम गरेकी छिन् ।

राष्ट्रपतिका रुपमा जो बाइडेनले सर्वोच्च अदालतका प्रधान न्यायाधिस जोन रोबर्टस्बाट सपथ लिएका छन् । बाइडेनले बाइबललाई साक्षी राखेर सपथ लिएका छन् । आफूले सिनेटर र उपराष्ट्रपतिका रुपमा सपथ लिंदा प्रयोग गरेको बाइबल नै बाइडेनले साक्षी राखेका छन् ।

बाइडेनले भने – ‘म सम्पूर्ण रुपमा सपथ लिन्छु कि मैले बफादारिताका अमेरिकाको राष्ट्रपतिको कार्यालय संचालन गर्नेछु । आफ्नो क्षमताको उत्तम उपयोग गर्नेछु । अमेरिकाको संविधानको रक्षा, संरक्षण र प्रतिरक्षा गर्नेछु ।त्यसैले मलाई मद्दत गर्नुहोस् भगवान ।’

उपराष्ट्रपतिका रुपमा कमला ह्यारिसले सर्वोच्च अदालतकी न्यायाधिस सोनिया सोटोमेयरबाट सपथ लिएकी छिन् । उनले दुईवटा बाइबललाई साक्षी राखेर सपथ लिएकी छिन् ।

सपथग्रहणमा कमला ह्यारिसले भनिन् – ‘म सम्पूर्ण रुपमा सपथ लिन्छु कि मैले सबै घरेलु र विदेशी शत्रुका बिरुद्ध अमेरिकाको संविधानको प्रतिरक्षा र समर्थन गर्नेछु । म त्यही कुराको लागि सत्य विश्वास र बफादार रहनेछु । कुनै जालसाजीको उद्देश्य वा मानसिक दुर्भाव विना नै म स्वतन्त्र रुपमा यो दायित्व लिन्छु । म जहाँ प्रवेश गर्न लागेको छु, त्यो कार्यालयको कर्तब्य मैले राम्ररी र इमान्दारिताका साथ पूरा गर्नेछु । त्यसैले मलाई मद्दत गर्नुहोस् भगवान ।’

सन् २००९ देखि सन् २०१७ सम्म बाराक ओबामाका उपराष्ट्रपति रहेका बाइडन दशकौँको अनुभवप्राप्त, विदेशनीतिका ज्ञाता अनि प्रखर वक्ता राजनीतिज्ञका रूपमा परिचित छन्न् जो सामान्य नागरिकसँग पनि सहजतापूर्वक घुलमिल हुन सक्छन्।

बाइडनको वाशिङ्टनसँगको नाता ४७ वर्षअघि सन् १९७३ मा जोडिएको थियो जब उनी अमेरिकी सिनेटका सदस्य बनेका थिए। अनि उनको पहिलो राष्ट्रपतीय प्रचार अभियान ३३ वर्षअघि सन् १९८७ मा भएको थियो।

प्रतिक्रिया