१४ बैशाख २०८१, शुक्रबार
Follow Us

वरिष्ठ साहित्यकार दीक्षितको निधन

नेपालब्रिटेन डट कम्
१४ पुष २०७३, बिहीबार ०४:२५

काठमाडौं । मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार एवम् पत्रकार कमलमणि दीक्षितको आज बिहान निधन भएको छ ।

नेपाली भाषा–साहित्यमा निरन्तर योगदान पु-याउँदै आउनुभएका दीक्षितको आज बिहान २ः४५ बजे ८७ वर्षको उमेरमा निधन भएको मदन पुरस्कार पुस्तकालयले जनाएको छ ।

पिता केदारमणि आचार्य तथा माता विद्यादेवी दीक्षितका माहिला पुत्रका रुपमा विस १९८६ भदौको कुशेऔँसीका दिन जन्मनुभएको थियो ।

छ दर्जनभन्दा बढी पुस्तकको लेखन तथा सम्पादन गरिसकेको स्व दीक्षितका दुई हजारभन्दा बढी फट्कर कृति प्रकाशित भएका छन् । दीक्षितका दुई छोरा र एक छोरी हुनुहुन्छ ।