१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘स्वकीय सचिव र छोरा हुँ’ भनी ठगी गर्ने पक्राउ

नेपालब्रिटेन डट कम्
१४ पुष २०७३, बिहीबार ०४:२८

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनको ‘स्वकीय सचिव र छोरा हुँ’ भनी विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयमा रकम माग गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

सिन्धुपाल्चोक राम्चे गाविस घर भई हाल भक्तपुर कमलविनायक बस्ने ‘कमल’ भनिने रोशन सुवेदीलाई अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो । यसअघि सोही आरोपमा गत मङ्सिर ५ गते पक्राउ गरी कारबाही गरिएकामा पुन सोही व्यहोराको ठगी गर्दै आएको उजुरी परेपछि मङ्गलबार महाशाखाले उनलाई पक्राउ गरेको थियो ।

राजस्व अनुसन्धान विभाग, औषधि व्यवस्था विभाग, नेपाल कृषि अनुसन्धान परिषद्, नापी विभाग, केन्द्रीय पञ्जीकरण विभाग, परराष्ट्र मन्त्रालय, हुलाक सेवा विभाग, आध्यात्मिक समाज, नयाँ बानेश्वर, जलउत्पन्न प्रकोप न्यूनीकरण विभागलगायत कार्यालयमा उनले रकम माग गरेको प्रहरीले जनाएको छ । उनले ‘माओवादीले आयोजना गर्ने कार्यक्रमका लागि सहयोग स्वरुप रकम दिनुप-यो’ भनी फोन गर्ने गरेका थिए ।