१३ बैशाख २०८१, बिहीबार
Follow Us

जिल्ला अदालतका दुई नापी निरीक्षक घुससहित पक्राउ

नेपालब्रिटेन संवाददाता
९ माघ २०७७, शुक्रबार १२:००

रुपन्देही । रुपन्देही जिल्ला अदालतका नापी निरीक्षक (सर्वेक्षक) द्वय सुमित चौलागाई र मनोज थापा पाँच हजार घुससहित पक्राउ परेका छन् । रुपन्देही जिल्ला अदालतमा परेको जग्गा सम्बन्धी मुद्दाको नापजाँच कार्यमा सहजीकरण गरिदिनका लागि सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।

सेवाग्राहीसँग चौलागाई र थापाले घुस मागेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उक्त रकम घुस लिइसकेको अवस्थामा कोटहीमाई गाउँपालिका वडा नं.-१ बोगडियाबाट उनीहरूलाई नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्तागणेश बहादुर अधिकारीले जानकारी दिए ।