११ बैशाख २०८१, मंगलवार
Follow Us

थप ३०२ जनामा कोरोना पुष्टि, ४८० जना संक्रमणमुक्त

नेपालब्रिटेन संवाददाता
९ माघ २०७७, शुक्रबार १२:०२

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित गत २४ घन्टामा ३ हजार ५ सय ४५ पीसीआर परीक्षण भएकोमा ३०२ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४ सय ८० जना कोरोना संक्रमित संक्रमणकूक्त भई डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६३ हजार ३ सय ४८ पुगेको छ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ८६ पुगेको छ । हाल देशभर ३ हजार ६ सय १४ सक्रिय संक्रमित रहेका छन्।