१३ बैशाख २०८१, बिहीबार
Follow Us

मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्तावमा माघ १९ गते छलफल हुने

नेपालब्रिटेन संवाददाता
९ माघ २०७७, शुक्रबार १२:०४

हेटौंडा । बागमति प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव सदनमा प्रस्तुत भएको छ । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा सांसद् अरुण नेपालले मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव सदनमा पेश गरेका हुन् ।

अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश गर्दै पूर्व उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री समेत रहेका नेपालले मुख्यमन्त्री पौडेलले ३ वर्षको अवधिमा प्रदेशलाई स्थापित गर्नबाट चुकेको भन्दै अविश्वास प्रस्ताव दर्ता गरिएको बताए । नेपालले कोरोना महामारीमा प्रदेश सरकारको भूमिका कमजोर रहेको र प्रदेशप्रति जनताको विश्वास कमजोर बन्दै गएको बताए ।

प्रस्ताव पेश भएसँगै प्रदेशसभाको बैठक सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक माघ १९ गते दिउँसो २ बजेसम्मका लागि स्थगित गरेका छन् । अर्को प्रदेशसभाको बैठकमा अविश्वासको प्रस्तावमाथि छलफल अगाडि बढ्ने उनले जानकारी दिए ।

पुस १० गते सत्तारुढ नेकपाका दाहाल–नेपाल समूहका ४५ जना सांसदहरुको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव प्रदेशसभामा दर्ता भएको थियो । सोही प्रस्ताव शुक्रबारको बैठकमा पेश भएको हो ।