१४ बैशाख २०८१, शुक्रबार
Follow Us

यस्तो हुदैछ एनआरएनएको विशेष महाधिवेशन (अजेण्डा सहित) !

नेपालब्रिटेन डट कम्
९ माघ २०७७, शुक्रबार १९:५५

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशन भोलि शनिबारबाट शुरु हुँदैछ । गैरआवासीय नेपाली संघका महासचिव डा हेमराज शर्माका अनुसार संघको आर्थिक, वार्षिक र विधान संशोधन प्रस्तावमाथि छलफल गर्न विशेष महाधिवेशन डांकिएको हो ।

विश्वव्यापी कोरोना भाइरसको प्रभावका कारण ‘फेस टु फेस’ महाधिवेशन हुन असम्भव भएपछि पहिलो पटक अधिवेशन भर्चुअल ९जुम० मार्फत् गर्ने तयारी गरिएको हो । शनिबार बिहानदेखि दुई दिनसम्म चल्ने सो अधिवशेनको उद्घाटन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्ने गैरआवासीय नेपाली संघले जनाएको छ ।

अधिवेशनलाई गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षहरु डा। उपेन्द्र महतो, देवमान हिराचन, जीवा लामिछाने, शेष घले, भवन भट्ट, संस्थापक राम प्रताप थापा लगायतले सम्वोधन गर्ने कार्यक्रम छ । सो अधिवेशनमा ५० भन्दा बढी देशका २६ सय जना प्रतिनिधिले सहभागी हुने संघले जनाएको छ ।

गैरआवासीय नेपाली संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठमा अनुसार सो अधिवेशनमा सन् २०१९ को अक्टोवरमा सम्पन्न ९ औं महाधिवेशनमा पारित हुन नसेको आर्थिक प्रतिवेदन पुनः प्रस्तुत गर्ने तयारी संघले तयारी गरेको छ । महाधिवेशनमा संघका महासचिव डा। हेमराज शर्माले वार्षिक प्रतिवेदन पेश गर्ने छन् ।

सर्वसम्मतको विधान संशोधन प्रस्ताव पेश हुने

गैरआवासीय नेपाली संघको पुनःर्संरचनाको लागि सो महाधिवेशनमा विधान संशोधन प्रस्ताव पेश हुने भएको छ ।

संघको अभियानमा दीर्घकालीन असर पर्ने महत्वपूर्ण विषयमा विधान संशोधन गर्नुअघि व्यापक छलफल र सहभागिताको माग गर्दै देखिएका अन्तुष्टिहरुलाई समेत समेटेर सो अधिवेशनमा सर्वसम्मत रुपमा साझा विधान संशोधनको प्रस्ताव पेश हुने संघका अध्यक्ष कुमार पन्तले जानकारी दिएका छन् ।

यसअघि संघले पूर्वप्रवक्ता भूषण घिमिरेको संयोजकत्वमा सत्र–सत्र सदस्सीय विधान संशोधन सुझाव समिति गठन गरेको थियो । सोही समितिको सिफारिसलाई आधार बनाएर संघले विधान संशोधनको साझा प्रस्ताव तयार गरेको हो ।

यसअघि परराष्ट्र मन्त्रालयले भर्चुअलमाध्यबाट विशेष महाधिवेशन गर्नेको लागि स्वीकृति दिएको थियो । संघले संस्थागत संरचना, एनआरएनए फाउन्डेशन, सदस्यता शुल्क, विज्ञको सहभागिता, राष्ट्रिय महाधिवेशनलगायतका विषयमा विधान संशोधनको तयारी गरेको छ ।

यसैबीच गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीले शुक्रवार एक विज्ञप्ति जारी गर्दै सो महाधिवेशनको तयारी पुरा भएको जनाएका छन् ।

क्षेत्रीद्धारा जारी विज्ञप्तिको पूर्ण विवरण यस्तो छ

गैरआवासीय नेपाली संघको बिशेष महाधिवेशन २०२१ का एजेण्डा र कार्यक्रम

गैरआवासीय नेपाली संघ (एनआरएनए) को बिशेष महाधिवेशन २०२१- जनवरी २३-२४, २०२१ मा हुने भएको छ। जुममा हुने महाधिवेशनको उद्घाटन जनवरी २३, २०२१ शनिबार नेपाली समय अनुसार बिहान १०:०० बजे सुरु हुनेछ। कार्यक्रमका प्रमुख अतिथि माननीय परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली हुनुहुन्छ।


पहिलो दिन पहिलो सत्र

कार्यक्रमलाइ संघका महासचिव डा हेम राज शर्माले संचालन गर्नुहुनेछ। कार्यक्रमको पहिलो दिन उद्घाटन सत्रमा प्रमुख अतिथि माननीय परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीबाट उद्घाटन, उपाध्यक्ष रबिना थापाबाट स्वागत, प्रमुख अतिथि माननीय परराष्ट्रमन्त्रीबाट उद्घाटन मन्तब्य, बिशेष अतिथिहरुबाट शुभकामना मन्तब्य, संघका पूर्व अध्यक्षहरुबाट मन्तब्य दिनुहुनेछ।

त्यसपछि संघको बिज्ञ सम्मेलन २०२० बाट तयार पारिएको स्वेत पुस्तिका नेपाल सरकारलाइ हस्तान्तरण गरिनेछ। यसका साथमा उद्घाटन सत्रलाइ अध्यक्षता गर्नुभएका संघका अध्यक्ष कुमार पन्तले धन्यवाद मन्तब्य सहित पहिलो दिनको पहिलो सत्रको समापन भएको घोषणा गर्नुहुनेछ।


पहिलो दिन दोश्रो सत्र

संघका महासचिव डा हेम राज शर्माले संघको प्रतिवेदन प्रश्तुत गर्नुहुनेछ। प्रतिवेदन माथि छलफल हुनेछ। त्यसपछि प्रतिवेदन पारित गर्नको लागि प्रस्ताव गरिनेछ।

यसपछि पूर्व प्रवक्ता भुषण घिमिरे बिधानको मस्यौदा प्रति छलफलको लागि प्रस्तुत गर्नुहुनेछ। प्रस्तावित मस्यौदाका हरेक बुँदागत प्रस्तुति गर्दै बिधान संसोधन मस्यौदाको नियमित छलफलबाट हुनेछ। छलफल सम्पन्न भएपछि बिधानको जुम हलबाट सहमति भएको अन्तिम संसोधित मस्यौदा पढेर सुनाइने छ। सो को सर्वसम्मत भएको खण्डमा मस्यौदा बिधान पारित गर्नको लागि प्रस्ताव गरिनेछ। साँझ ५:०० बजे पहिलो दिनको सत्र अध्यक्ष कुमार पन्तले पहिलो दिनको समरी सहित समापन भएको घोषणा गर्नुहुने।

दोश्रो दिनको पहिलो सत्र

बिहान ११:०० बजे दोश्रो दिनको पहिलो सत्र सुरु हुनेछ। दोश्रो दिनको पहिलो सत्रमा

संघका कोषाध्यक्ष महेश श्रेष्ठले संघको २०२७-२०१९ को आर्थिक गत महाधिवेशनमा पारित हुन बाँकी रहेको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। प्रतिवेदन माथि छलफल पछि पारित गर्नको लागि प्रस्ताव गरिनेछ।

त्यसको लगत्यै गैरआवासीय नेपाली संघका लेखा परीक्षकले २०२७-२०१९ को लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। त्यसपछि आगामी कार्यकालको लागि नयाँ लेक्षा परीक्षकको मनोनय गर्न नाम प्रस्ताव गरिनेछ। जुम हलबाट सो पारित गर्नको लागि प्रस्ताव गरिने छ।

यसका साथमा नेपालमा गैरआवासीय नेपालीहरुको लगानी संबन्धि प्रस्तुति समेत रहने छ।

दोश्रो दिन दोश्रो सत्र

बिशेष महाधिवेशनको दोश्रो दिनको दोश्रो सत्र छोटो र छरितो हुनेछ। संघका प्रवक्ता डिबी क्षेत्रीबाट महाधिवेशनको समरी, घोषणा सहित ब्रिफिंङ्ग हुनेछ। त्यसपछि संघका अग्रज लगायतको मन्तब्य रहनेछ। अन्तमा अध्यक्ष कुमार पन्तबाट महाधिवेशनको समापनको संबोधन सहित बिशेष महाधिवेशन २०२१ लाइ सपान भएको घोषणा गर्नुहुनेछ।

डिबी क्षेत्री

प्रवक्ता

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद

जनवरी २२, २०२१