१६ चैत्र २०८०, शुक्रबार
Follow Us

स्पेन कोस्टाब्लान्का क्षेत्रका नेपाली समुदायमा कोरोना संक्रमण

नेपालब्रिटेन डट कम्
९ माघ २०७७, शुक्रबार २१:५४


कमल पराजुली ।

बेनिड्रोम । स्पेनको कोस्टाब्लान्का क्षेत्रमा बस्ने नेपाली समुदायमा केहीदिन यता कोरोना सङ्क्रमण् बढेको छ । यस अघि केही नेपालीलाई मात्र लागेको कोरोना भाईरस अहिले स्पेनमा कोरोनोको तेस्रो लहर सुरु भएपछी यहाँका धेरै नेपाली प्रभाबित भएका छन । कोस्टाब्लान्काको बेनिड्रोम, आल्बिर, आल्तेया, डेनिया लगायतका स्थानमा बस्ने नेपालीमा कोरोना सङ्क्रमण् देखिएको छ । बेनिड्रोम क्षेत्रमा अहिले करीब १० जना नेपालीहरुमा कोरोना पोजेटिभ देखिएको नेपाल स्पेन समाज कोस्टाब्लान्काका कोषाध्यक्ष छविलाल श्रेष्ठले जानकारी दिनुभयो । ति मध्ये एकजना अस्पतालमा रहेको र अरु होम क्वारेन्टाइनमा रहेको उहाँले बताउनु भयो ।

बेनिड्रोम क्षेत्रमा करीब २ सय नेपालीको बसोबास छ । यस्तै आल्बिर, आल्तिया र डेनिया क्षेत्रमा पनि केही नेपालीलाई कोरोना सङ्क्रमण् भएको छ । यि क्षेत्रमा धेरै नेपाली खुल्न नचाएको कारणले कति नेपालीलाई लागेको छ भनेर यकिन संख्या थाहा हुन सकेको छैन ।

आल्बिर र आल्तेयामा कोरोना सङ्क्रमण् भएका केही निको भैसकेका छन भने केहि होम क्वारेन्टाइनमा बसेका छन । नेपाल स्पेन समाज कोस्टाब्लान्काका अध्यक्ष केशबराज कंडेलले कोरोना सङ्क्रमण् भएका नेपालीहरुसँग आफुहरुले सम्पर्क गरिरहेको र केही सहयोग आबस्यक परे गर्ने बताउनुभयो । कोस्टाब्लान्का क्षेत्रमा करीब १ हजार नेपालीको बसोबास छ ।