१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए विशेष महाधिवेशन: निःशुल्क सदस्यता गर्न चर्को दवाव, युकेको विशेष प्रस्ताव

नेपालब्रिटेन डट कम्
१० माघ २०७७, शनिबार १२:११

लण्डन । शनिवार देखि शुरु भएको गैरआवासीय नेपाली संघको विशेष महाधिवेशनमा पंन्जिकृत सदस्यता निःशुल्क हुनु पर्ने भन्दै प्रतिनिधीहरुले आफ्नो आवाजलाई बुलन्द पारेका छन् ।

अधिवेशनमा बोल्ने अधिकांस राष्ट्रिय समितिले सदस्यता शुल्क अहिलेनै हुनु पर्नेमा जोड दिएका छन् ।

दुई दर्जन भन्दा बढी देशका राष्ट्रिय समितिले निःशुल्क सदस्यताको विषयमा व्यापक छलफल भैसकेको भन्दै तत्तकाल लागु गर्न आग्रह गरे । यसैबीच गैरआवासीय नेपाली संघ युकेले महाधिवेशनमा निःशुल्क सदस्यताको पक्षमा छुट्टै प्रस्ताव पेश गरेको छ ।

संघकी अध्यक्ष पुनम गुरुङ्गले आफ्ना भनाईहरु बुँद्धागत रुपमा प्रस्तुत गर्दै संस्थाको विधानमा पन्जिकृत सदस्यता शुल्क तत्तकाल निःशुल्क गर्ने गरि विधान संशोधन गर्न माग गरिन् । उनले भूपूगोर्खा, नागरिकता र सम्पतिको अधिकार लगायतका विषयमा अधिवेशन प्रस्तुत गरेकी थिइन् । उनले सहमतिको आधारमा प्रस्तुत भएको विधान संशोधनको स्वागत गरिन् ।

दुई दिन चल्ले विशेष महाधिवेशनमा विधान, आर्थिक र वार्षिक प्रतिवेदन माथि छलफल जारी छ । संघको महाधिवेशन भोलि निर्णय सार्वजनिक गर्दै औपचारिक रुपमा समापन हुने छ ।