१४ बैशाख २०८१, शुक्रबार
Follow Us

ओलीलाई पार्टीबाट निस्कासन गर्न दाहाल–नेपाल समूहको स्थायी समितिको बैठक बस्दै

नेपालब्रिटेन संवाददाता
११ माघ २०७७, आईतवार ०४:१६

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहको स्थायी समितिको बैठक आज बस्दैछ । दिउँसो पार्टी कार्यालय पेरिसडाडामा बस्ने बैठकमा आन्दोलनको समीक्षा लगायतका विषयमा छलफल हुने कार्यसूची छ ।

आन्दोलनका लागि अन्य दलसँग सहकार्य लगायतका विषयमा पनि बैठकमा छलफल हुने नेताहरुले बताएका छन् । ओली पक्षका प्रदेश पदाधिकारी हटाएर नयाँ समायोजन गर्ने बिषय पनि बैठकका कार्यसूची छन् ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने सम्भावना छ । दाहाल नेपाल समूहले केही दिनअघि ओलीलाई तीन दिनको समय दिएर स्पष्टीकरण मागेको थियो ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दाहाल–नेपाल समूह सडक संघर्षमा छ । शुक्रबार काठमाडौंमा सो समूहले प्रधानमन्त्रीको कदमको विरोधमा विरोध प्रदर्शन गरेको थियो ।