१५ चैत्र २०८०, बिहीबार
Follow Us

एफए कपः म्यान्चेटर सिटी विजयी

नेपालब्रिटेन संवाददाता
११ माघ २०७७, आईतवार ०४:१७

लन्डन । एफए कप फुटबलको चौथो चरणको खेलमा म्यान्चेटर सिटी विजयी हुँदा आर्सनल पराजित भएको छ । म्यान सिटीले लिग टु को चेल्टेनह्याम टाउनलाई ३–१ ले पराजित ग-यो ।

खेलमा चेल्टेनह्यामका अल्फी मे ले पहिलो गोल गरे । तर सिटीका फिल फोडेन, ग्याब्रियल जिसस र फेरान टोरेसले एक एक गोल गर्दै टोलीलाई पुनरागमन गराए । जितसँगै सिटीले स्वान्सी सिटी विरुद्धको पाँचौ चरणको खेल तय ग¥यो । स्वान्सी सिटीले गएराति नटिङ्घम फरेष्टलाई ५–१ ले हरायो ।

एफए कपकै अर्को खेलमा साउथह्याम्पटनले आर्सनललाई १–० ले हराएको छ । खेलको २४ औं मिनेटमा आर्सनलका डिफेन्डर ग्याब्रियलले आत्माघाति गोल गरेपछि साथह्याम्पटन १–० ले विजयी भएको हो । यसैगरी डोन्कास्टरलाई ४–० ले हराउँदै वेष्ट ह्याम युनाईटेड तथा प्लाईमाउथलाई २–१ ले हराउँदै शेफिल्ड युनाईटेड पनि प्रतियोगिताको पाँचौं चरणमा प्रवेश गरेका छन् ।