४ बैशाख २०८१, मंगलवार
Follow Us

नेपालमा बुधबारबाट कोभिड–१९ विरुद्धको खोप अभियान

नेपालब्रिटेन संवाददाता
११ माघ २०७७, आईतवार ०४:४६

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाउने योजना बनाएको छ ।
त्यसका लागि सातवटै प्रदेशमा आवश्यक मात्रामा खोप पठाइसकिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पहिलो चरण अन्तर्गर्त फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीलाई खोप लगाइने छ ।

शनिबारसम्म दुईवटा प्रदेशमा खोप पुगेको छ । आइतबार विराटनगर, हेटौँडा, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीमा पठाइएको खोप पुगिसक्ने छ । प्रदेश नम्बर–२ मा कोल्चेन सुचारु नभएकाले त्यहाँका आठ जिल्लामा हेटौँडा र अन्यमा विराटनगरबाट खोप ढुवानी गर्ने मन्त्रालयको योजना रहेको छ ।

सात प्रदेश र ७७ जिल्लामा गरी करिब ३०० विभिन्न अस्पतालबाट खोप लगाइने र काठमाडौँ उपत्यकामा भने १० भन्दा बढी अस्पतालबाट खोप वितरण गरिने जनाइएको छ । प्रदेश स्वास्थ्य निर्देशकसँग समन्वय गरी खोप अभियान र व्यवस्थापनलाई सहज बनाउन सातै प्रदेशमा संयोजक तोकिएको छ। भने खोप केन्द्रको रुपमा सम्बन्धित अस्पताललाई नै तोकिएको छ ।