१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बालकलाई बेलायतबाट सहयोग

नेपालब्रिटेन डट कम्
१४ पुष २०७३, बिहीबार ०६:२८

काठमाडौं । बेलायतमा बस्ने नेपालीले क्यान्सरबाट मृत्यु भएकी खोटाङकी कविता तामाङको एक वर्षको बालक तेन्जिङ तामाङलाई रु पाँच लाख ४७ हजार सहयोग उपलब्ध गराएका छन् ।

बेलायतमा बस्दै आउनुभएकी खोटाङकी जयन्ता राईले त्यहाँ बस्ने नेपालीबाट सो रकम सङ्कलन गरी बालकको सहयोगका लागि पठाइदिनुभएको हो ।

बुधबार यहाँ आयोजित कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य राजन राईले बालकका पिता अशोक तामाङलाई सो रकम बराबरको चेक हस्तान्तरण गर्दै विदेशमा बसेका नेपालीले दुःख पाएका नेपालीलाई गरेको सहयोग सबैका लागि अनुकरणीय रहेको बताउनुभयो ।

उहाँले विदेशमा बसेर पनि आफ्नो राष्ट्रप्रतिको मायाले समाजसेवामा सक्रिय नेपालीको भावनाबाट यहाँ बसेका नेपालीले पाठ सिक्नुपर्ने बताउनुभयो । बालकको नाममा खोलिएको खातामा सङ्कलन गरिएको सो रकम उनी १६ वर्ष पुगेपछि मात्र झिक्न मिल्ने व्यवस्था गरिएको छ ।