१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पुनर्निर्माणमा खटिएका इन्जिनियरलाई ७५ प्रतिशत भत्ता

नेपालब्रिटेन डट कम्
१४ पुष २०७३, बिहीबार ०६:३७

काठमाडौं । सरकारले भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माणका लागि खटिएका इन्जिनियर तथा प्राविधिकहरुलाई ७५ प्रतिशतसम्म भत्ता दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सदरमुकाममा खटिनेलाई ५० प्रतिशत र सदरमुकामबाहिर ग्रामीण क्षेत्रमा खटिनेलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको हो ।
यसैगरी बैठकले भूकम्पबाट क्षति भएको माथिल्लो त्रिशुली आयोजनाको पुनर्निर्माण र सरसफाई गर्न ६१ करोड १८ लाख रुपैयाँ दिने निर्णय गरेको छ । पोखराको खानेपानी सुधार गर्न पोखरा खानेपानी सुधार आयोजनालाई ४ अर्ब ४३ करोड रुपैयाँ अनुदान दिने निर्णय भएको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।
बैठकले एसियाली विकास बैंकले प्राविधिक शिक्षामा खर्च गर्न दिने भनिएको २ अर्ब १२ करोड रुपैयाँ सहयोग स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले नेपाली सेनाका प्रमुख सेनानी रविन्द्र केसीलाई महासेनानीमा बढुवा गरेको छ भने प्रेस काउन्सिलको रिक्त सदस्यमा नवलकिशोर यादव र संगीता खड्कालाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ ।