१४ बैशाख २०८१, शुक्रबार
Follow Us

टोटनह्याम एफए कपको प्रि-क्वाटरफाइनलमा प्रवेश

नेपालब्रिटेन संवाददाता
१३ माघ २०७७, मंगलवार ०४:५९

लन्डन । टोटनह्याम एफ ए कपको प्रि-क्वाटरफाइनलमा पुगेको छ । चौथो चरण अन्तर्गत अवे मैदानमा भएको खेलमा टोटनह्यामले वेकम्व वान्डरर्सलाई चार एक गोल अन्तरले पराजित गरेको हो ।

टोटनह्यामका लागि टानगाइ एनडोम्बेले दुई तथा ग्यारेथ बेल र ह्यारी विंक्सले एक–एक गोल गरे । वेकम्वका फ्रेडले एक गोल फर्काए ।

यो जितसँगै टोटनह्याम पाँचौँ चरणमा प्रवेश गरेको छ । अब टोटेनह्यामले पाँचौ चरणमा एभर्टनसँग प्रतिस्पर्धा गर्नेछ । क्वाटरफाइनलका खेलहरु ११ फेब्रुअरीमा हुनेछ ।