१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनए युकेका पूर्व उपाध्यक्ष डा. चन्द्र लक्सम्बाको निधन

नेपालब्रिटेन डट कम्
१३ माघ २०७७, मंगलवार १४:४९

लण्डन । गैरआवासीय नेपाली संघ युकेका पूर्वउपाध्यक्ष डा. चन्द्र लक्सम्बाको निधन भएको छ । उनको निधन भएको पुष्टि नेकपा नेता योगेश भट्टराईले फेसबुक टाइमलाइन मार्फत गरेका हुन् ।

डा लक्सम्बालाई कोभिड १९ को लक्षण देखिएपछि बेलायतस्थित फ्रिम्ली पार्क अस्पताल बेलायतमा भर्ना गरी उपचार भइरहेकोमा सोमबार हृदयघात भएको बताएको छ । उनको ६० वर्षको उमेरमा मंगलबार दिउँसो निधन भएको हो ।

ताप्लेजुङको सिकैँचामा जन्मेका लक्सम्बा विद्यार्थीकालमा २०३६ सालमा अस्कल क्याम्पसको स्ववियू सभापति पनि भएका थिए ।

लक्सम्बा बेलायतको नेपाली समाजका अगुवा पनि हुन । उनी ताप्लेजुङ समाज युकेका दुई कार्यकाल अध्यक्ष, गैरआवासीय नेपाली संघ युकेका उपाध्यक्ष रहेका थिए । उनका श्रीमती र दुई छोरा छन ।

योगेश भट्टराईको फेसबुक जस्ताको जस्तै

‘ताप्लेजुङ् जिल्ला सिकैंचा निवासी दाई डा. चन्द्र लक्सम्बा जो अनेरास्वबियूको पूर्व बिद्यार्थी नेता, अस्कल क्याम्पसको पूर्व स्वबियु सभापती, ब्रिटीस गोर्खाको पक्षमा निरन्तर लडिरहेका एकजना अभियान्ता, प्रध्यापक र समाजसेवीको आज निधन भएको खबरले म स्तब्ध भएको छु । नेपालको सामाजिकर आर्थिक रुपान्तरणका बारेमा वहाँसँगका छलफल आज पनि सम्झिरहेको छु । गतसाल सिकैंचामा वहाँकै घरमा खाना खाएर ताप्लेजुङ्को बिकासका बारेमा वहाँले मलाई दिनुभएको सल्लाहा म मा ताजै छन । वहाँको बैद्धिकता र मिलनसार व्यबहार अनुकरणीय छन ।
चन्द्र दाईप्रति भावपूर्ण श्रद्धान्जली र परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु ।.