१५ चैत्र २०८०, बिहीबार
Follow Us

बेलायतमा कोरोना भाइरसका कारण निधन हुनेको संख्या १ लाख नाघ्यो

नेपालब्रिटेन डट कम्
१३ माघ २०७७, मंगलवार १८:२३

लन्डन । बेलायतमा कोरोनाका भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख नाघेको छ ।

मंगलबार सार्वजनिक तथ्याँक अनुसार गत वर्ष देखि हालसम्म १ लाख १ सय ६२ जनाको निधन भएको पुष्टि भएको हो ।

विश्वमा मृतक संख्याको आधारमा बेलायत पाँचौं स्थानमा पुगेको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिए अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ६ सय ३१ जना कोरोना संक्रमितको मृत्यु भएछ ।

युरोपियन मुलुकमा मृतक संख्या एक लाख बढी हुनेमा बेलायत पहिलो मुलुक हो ।