१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएन अमेरिकामा ‘किर्ते सदस्यहरु’ को विगबिगी

नेपालब्रिटेन डट कम्
१३ माघ २०७७, मंगलवार १८:३९

टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए) को अमेरिकामा सधैंभरि विवादको जड सदस्यताको विषयलाई लिएर हुने गरेको छ ।

कहिले किर्ते रुपमा सदस्यता बनाएको त कहिले सदस्य बनेको व्यक्तिलाई जानकारी नै नदिई उसको मताधिकार अरुले प्रयोग गरिदिएको विषय हरेक चुनावमा पेचिलो रुपमा उठदै आएको छ ।

चुनाव अघि कार्यसमितिले सदस्यता वितरण निष्पक्ष र विवादरहित रुपमा गर्ने प्रतिवद्धता जनाएपनि चुनाव जित्नका लागि अनेक गलत कार्यहरु गर्न छाड्दैनन् । यही सन्दर्भमा एनआरएन अमेरिकाको सदस्यता सूचिमा ‘टेस्ट’ नाम दिएर चारवटा सदस्यता बनाएको पाइएको छ ।

टेस्ट आइओएस नामक सदस्यता नेब्रास्का राज्यबाट दिइएको छ भने टेस्ट क्याण्डीडेट, टेस्ट नोमिनेटर र टेस्ट सपोर्टर नामक सदस्यता टेक्ससबाट दिइएको छ । योलापरवाही कस्ले ग¥यो भन्ने बारेमा एनआरएनका कोही पनि पदाधिकारीले बोल्न इन्कार गरेका छन ।

यही फेब्रोवरी १५ सम्म सदस्यता लिन पाइन्छ । तर अहिलेसम्म दुई हजार ५ सयले मात्र सदस्यताको लागि निवेदन दिएको हिमालयखबरले उल्लेख गरेको छ ।