१५ बैशाख २०८१, शनिबार
Follow Us

अन्नपूर्ण सुगर मिलका सञ्चालक पक्राउ

नेपालब्रिटेन संवाददाता
१५ माघ २०७७, बिहीबार ०४:५१

काठमाडौं । समयमा किसानको रकम भुक्तानी नगरेको आरोपमा अन्नपूर्ण एवं इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । उखु किसानको लाखौं रुपैयाँ भुक्तानी गर्छु भनी प्रतिबद्धता गरेको तर समयमा भुक्तानी नगरेका कारण उनलाई पक्राउ गरिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिनुभयो ।