१४ बैशाख २०८१, शुक्रबार
Follow Us

निर्वाचन आयोगले नेकपाका दुवै समूहलाई बोलायो

नेपालब्रिटेन संवाददाता
१५ माघ २०७७, बिहीबार १०:१०

काठमाडौं । निर्वाचन आयोगले नेकपाका दुवै समूहलाई शुक्रबार छलफलका लागि बोलाएको छ । केपी शर्मा ओली र पुष्पकमल दाहाल र माधव नेपाल नेतृत्वको दुबै नेकपाले आफुलाई आधिकारिक दावी गरेपछि आयोगले छलफलका लागि बोलाएको हो ।

आयोगले शुक्रबार साढे एघार बजे दुबै समूहका प्रतिनिधिलाई छलफलका लागि डाकेको हो । आयोगले छलफलमा अध्यक्ष अथवा अध्यक्षले तोकेका आधिकारिक पाँच–पाँच जनालाई बोलाएको छ ।

आगामी निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने समय आउन लागेकाले त्यस विषयमा छलफल गर्न लागेको निर्वाचन आयोगले जनाएको छ ।

यसअघि आधिकरिकताका लागि दुबै समूहले दिएको निवेदनमा दावी नपुगेको आयोगले जनाएको थियो । आयोगले माघ १२ गते दुवै पक्षलाई आधिकारिकता नदिने निर्णय गर्दै पत्राचार समेत गरेको थियो । पार्टी विभाजनछि नेकपामा पार्टीको नाम र चुनाव चिन्ह आफ्नोमा पार्न होडबाजी चलेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा व्यवहारिक रुपमा विभाजित भएको छ । तर औपचारिक विभाजन नहुँदा आयोगले त्यसमा कुनै निर्णय दिएको छैन ।