१६ चैत्र २०८०, शुक्रबार
Follow Us

माइतीघरमा प्रचण्ड–माधव समूहको धर्ना

नेपालब्रिटेन संवाददाता
१५ माघ २०७७, बिहीबार १०:१६

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसद विघटनको विरोधमा माइतीघर मण्डलामा आज दोस्रो दिन पनि धर्ना दिएको छ । प्रचण्ड–माधव समूहका सांसद, प्रदेशसभा सदस्यलगायतको उपस्थितिमा बिहीबार माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।

उक्त समूहले संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाका लागि धर्ना कार्यक्रमको आयोजना गरिएको सो समूहले जनाएको छ । धर्ना कार्यक्रम माघ २१ गतेसम्म चल्ने प्रचण्ड–माधव समूहले जनाएको छ ।

संसद विघटनको विरोधमा आन्दोलनको विभिन्न कार्यक्रम आयोजना गर्दै आएको प्रचण्ड–माधव समूहले बुधबारदेखि माइतीघर मण्डलामा प्रत्येक दिन दुई घण्टा धर्ना दिँदै आएको छ ।