१४ बैशाख २०८१, शुक्रबार
Follow Us

विषय बुझ्न लैंगिक तालिम

नेपालब्रिटेन डट कम्
१४ पुष २०७३, बिहीबार १२:१४

चितवन । आफ्नो पेशामा दक्षता र क्षमता अभिवृद्धिका लागि तालिम आवश्यक रहेको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो । सञ्चारिका समुह नेपालले बुधवारदेखि चितवनमा सञ्चालन गरेको मध्यमाञ्चलस्तरिय पत्रकार महिलाको लागि लैगिंक तालिमको उद्घाटन सत्रमा सम्बोधन गर्ने क्रममा भट्टले यस्तो बताउनुभएको हो । सो अवसरमा उहाँले पत्रकारीता क्षेत्रमा मेहनत, जिज्ञासा र सृजनाकला क्षमता हुनुपर्ने उहाले औल्याउनु भयो । भन्नुभयो ‘वर्तमानमा खोजी र लैंगिक पत्रकारीतालाई प्राथमिकता दिनुपर्छ ।’
समूहले महिला पत्रकारलाई विषय बुझ्न, पत्रकारीतामा आइपर्ने समस्या समाधान गर्न र आत्मविश्वास बढाउने उद्धेश्यले लैंगिक तालिमको आयोजना गरेको हो ।
सञ्चारिका समुहकी अध्यक्ष निर्मला शर्माले पत्रकार महिलाको क्षमता बढाउनको लागि संस्था लागिपरेको बताउनुभयो । उहा“ले भन्नुभयो ‘महिला होस या पुरुष पत्रकारलाई सुरुमा लैंगिक तालिम आवश्यक छ । यस्ले विषय र समाचारको संवेदना बुझ्न सघाउछ ।’ सो अवसरमा शर्माले राज्यको सुरक्षाका कारण पनि महिला पत्रकारलाई समस्या परेको भन्दै महिला पत्रकारलाई अवसर प्रदान गर्नुपर्ने माग राख्नुभयो ।

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरी प्रसाद पोखरेलले महिला पत्रकार पलायन हुने गरेको बताउ“दै महासंघले महिला पत्रकारलाई दक्षता अभिवृद्धि गर्ने कार्यक्रममा लागि परेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दिपक थापाले लंैगिक हिसांका विषयलाई कार्यालयले प्राथमिकता राखेको बताउनु भयो । उहाँले महिला सेलमा महिला प्रहरी निरीक्षक छिटै नियुक्त गर्न लागेको समेत जानकारी दिनु भयो ।
सञ्चारीका समुहकी केन्द्रिय सदस्य जयाँ लुईटेलले महिला पत्रकारको सख्यात्मक र गुणात्मकतामा वृद्धि गर्ने लगायतका उद्धेश्यका साथ सञ्चारिका समुहले गरेका र गर्ने विभिन्न कार्यक्रम बारे प्रकाश पार्नुभयो ।
नेपाल प्रेस युनिका वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले महिला र पुरुषबिच शारिरीक भिन्नता रहेपनि कार्यशैली र क्षमतामा कुनै फरक नहुने, महिला पत्रकारले पनि पुरष सरह पत्रकारीता गर्न सक्ने बताउनुभयो । प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य शालीग्राम नेपालले पत्रकार अध्ययनशिल हुनुपर्ने भन्दै पत्रकार टिक्ने टिकाउने विषय फरक भएको औल्याउनु भयो ।
प्रेस सेन्टर नेपाल प्रदेश नं ३ की उपाध्यक्ष शान्ता अधिकारीले मोफसलमा काम गर्ने महिला पत्रकारलाई थप समस्या हुने भन्दै महिला पत्रकारको अवस्थाका वारेमा अनुसन्धान गर्न जरुरी रहेको बताउनुभयो ।
नेपाल प्रेस युनियन चितवनका अध्यक्ष नारायण अधिकारीले पत्रकारलाई पत्रकारको सदस्यता बढाउन मात्र नलागि पत्रकारलाई टिकाइरहन सक्ने कार्यक्रमहरु गर्न सरोकारवालाहरु लाग्न सुझाव दिनु भयो ।
प्रेस सेन्टर चितवनका अध्यक्ष प्रकास ज्ञवालीले पत्रकारले भाषागत शुद्धतामा विशेष ध्यान दिनुपर्ने बताउ“दै लंैकिताका विषयलाई संवेदनशिल भएर उठान गनुपर्ने तर्क राख्नुभयो ।
स्वतन्त्र पत्रकार संघ चितवनका अध्यक्ष सूर्य प्रकास कंडेलले पत्रकारिता शुरु गर्ने क्रममा तालिम आवश्यक हुने बताउनुभयो ।
कार्यक्रममा सञ्चारिका समूह चितवनकी अध्यक्ष सृजना अर्याल स्वागत गर्नु भएको सो कार्यक्रममा महिला बालबालिका कार्यलय चितवनकी प्रमुख महिला विकास अधिकृत शान्ता पौडेल, नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष दिपेन्द्ध बडुवाल, प्रेस चौतारी निर्वतमान नारायणी अन्चल संयोजक तिलक रिमाल लगायत चितवनमा कार्यरत पत्रकारको बाक्लो उपस्थिती रहेको थियो । तालिममा मध्यमाञ्चलका वारा, पर्सा र चितवनका १२ जना पत्रकार महिलाको सहभागिता छ । तालिम ३ दिनसम्म चल्नेछ ।