११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएनएद्धारा मलेसियाको जेलमा रहेका १२ जना नेपालीको उद्धार

नेपालब्रिटेन डट कम्
१५ माघ २०७७, बिहीबार १९:१४

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा मलेसियाको जेलमा रहेका नेपालीहरुको उद्धार भएको छ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार बिभिन्न कारणले मलेसियाको जेलमा रहेका १२ जना नेपालीको उद्धार भए पछि विहीवार साँझ काठमाण्डौं उत्रिएका हुन् । केसीका अनुसार उनीहरुको उद्धारको लागि आइएमओले सहयोग गरेको थियो ।

कोरोना भाइरसको विश्वव्यापी प्रभाव पछि गैरआवासीय नेपाली संघले १० हजार नेपालीहरुलाई विदेशमा उद्धार गरिएको छ । नजरबन्द तथा जेलमा परेका हरुलाई कानुनी सेवा प्रदान गर्नुका साथै लगायत अन्य धेरै सपोर्ट गरिएका छन् ।

यस कार्यक्रम अन्तर्गत कुल रकम करिब १० करोड मध्ये करिब २ करोड ७५ लाख बराबरको राहत तथा उद्धार कार्यमा खर्च भैसकेको छ । गन्तब्य मुलुकहरुबाट काठमाडौँ आइपुगेका ८ सय ६२ जनालाई यातायात खर्च उपलब्ध गराउनुका साथै गन्तव्यसम्म पुयाउन सहयोग गरिएको छ । करिब १४ लाख बराबरको स्वास्थ्य सामग्री प्रदेश १,२ र ७ मा वितरण गरिएको छ ।