१३ बैशाख २०८१, बिहीबार
Follow Us

अज्ञात समूहको गोली लागेर दुई प्रहरी घाइते

नेपालब्रिटेन डट कम्
१४ पुष २०७३, बिहीबार १२:१७

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर सिमाक्षेत्रमा गोली चल्दा दुई प्रहरी घाईते भएका छन । घाइते हुनेमा प्रहरी हवल्दार मोहन श्रेष्ठ र कर्णबहादुर पुन रहेका छन । श्रेष्ठको हातको औंलामा र पुनको कुममा गोली लागेको छ । उनीहरुको स्थानिय अस्पतालमा उपचार भैइरहेको छ । दुवैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । गोली कसले चलाएको यकिन हुन नसकेपनि तस्कर समुहले चलाएको हुन सक्ने अनुमान गरिएको छ । गोली भारतीय सीमाबाट चलेको बताइएको छ ।