१२ बैशाख २०८१, बुधबार
Follow Us

लिभरपुलको सहज जीत

नेपालब्रिटेन संवाददाता
१६ माघ २०७७, शुक्रबार ०७:१७

लन्डन । इग्लिस प्रिमियर लिग अन्तर्गत शुक्रबार बिहान सम्पन्न खेलमा लिभरपुलले टोटनह्यामविरुद्ध सजिलो जीत निकालेको छ । लिभरपुलले ३–१ को सहज जीत निकालेको हो ।

प्रिमियर लिगमा पछिल्ला पाँच खेलमा लिभरपुलले जीत निकाल्न सकेको थिएन । बराबरी र हारमा चित्त बुझाउँदै आएको लिभरपुलले यो खेलमा भने सफलता पायो ।

टोटनह्यामको घरेलु मैदानमा भएको खेलको पहिलो हाफको अन्तिम समयमा लिभरपुलका फर्मिनोले गरेको गोलको अग्रतालाई खेलको अन्तिम समयसम्म कायम राख्दै यो जीत लिभरपुलले आफ्नो पक्षमा पारेको हो ।

यो जीतसँग लिभरपुल पाँचौ स्थानबाट एक खुड्किलो माथि चौथो स्थानमा उक्लिएको छ । म्यानचेष्टर सिटी र म्यानचेष्टर युनाइटेड भने क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् । प्रिमियर लिगका अन्य पाँच खेलहरु आज साँझ हुँदैछन् ।