१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेपाल स्टार विजेताको आज छनौट हुँदै, सर्वोत्कृष्टलाई ३५ लाख रुपैयाँ

नेपालब्रिटेन संवाददाता
१७ माघ २०७७, शनिबार ०५:२५

काठमाडौं । नेपाल टेलिभिजनको देशकै सबैभन्दा ठूलो गायन प्रतियोगिता नेपाल स्टारको पहिलो विजेता आज छानिदै छन् । देशभर गरिएको अडिशनबाट छनोट भएका १ शय ८० जना प्रतिस्पर्धी मध्येबाट अन्तिम छनौटका लागि चुनिएका चार उत्कृष्ट गायकबीच अन्तिम प्रतिस्पर्धा र दर्शकको भोटिङबाट विजेता घोषित हुनेछ ।

नेपाल टेलिभिजनले संचालन गरेको यो नेपालको सबैभन्दा ठूलो गायन रियालिटी शो हो । नेपाल टेलिभिजनले आज प्रत्यक्ष प्रसारणमार्फत बिजेता घोषणा गर्ने भएको छ ।

नेपाल स्टारको अन्तिम प्रतिस्पर्धामा ४ जना प्रतिशपर्धी रहनुभएको छ । दर्शकहरुको भोटिङका आधारमा बिजेता घोषणा गरिने र आज बेलुका ६ बजे सम्म भोटिङ गर्ने समय तोकिएको छ ।

अन्तिम प्रतिश्पर्धामा रहेका चारै जना प्रतिश्पर्धीले उपाधी जित्ने दाबी गरेका छन् । सातै प्रदेशमा अडिसन गरी १ सय ८० जना प्रतिशपर्धीलाइ छनौट गरिएको थियो । प्रतियोगितामा सर्वोत्कृष्ट हुनेलाई ३५ लाख नगद पुरस्कार प्रदान गरिने छ भने अन्य ३ जना प्रतियोगिलाई जनही ५ लाख रुपैयाँ पुरस्कार दिइने छ ।