१२ बैशाख २०८१, बुधबार
Follow Us

बेलायतले हङकङवासीलाई दिएको विशेष पासपोर्टलाई चीनले मान्यता नदिने

नेपालब्रिटेन डट कम्
१७ माघ २०७७, शनिबार १९:१२

लण्डन । चीनले हङकङवासीलाई बेलायतले दिएको विशेष पासपोर्टलाई आधिकारिक कागजात नमान्ने जनाएको छ । चीनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियनले ब्रिटिश नेशनल ओभरसिज बीएनओलाई आधिकारिक कागजपत्रको मान्यता नदिने बताउनुभएको हो । उहाँले आइतबारदेखि नै यो नियम लागू हुने बताउनुभयो ।

हङकङबासीलाई आफ्नो मुलुक प्रवेशका लागि बेलायतले विशेष सुविधा प्रदान गरेको केही घण्टापछि नै चीनको यस्तो निर्णय सार्वजनिक भएको हो । बेलायतले हङकङवासीलाई प्रदान गरिएको बेलायतको विशेष राहदानी भएका तथा उनीहरुका आश्रितलाई प्रवेशको विशेष सुविधा दिने जनाएको थियो ।

सो भिसा प्रयोग गरी करिब ३ लाख हङकङवासी बेलायत पुग्नसक्ने अनुमान गरिएको छ । चीनले हङकङलाई लिएर सुरक्षा सम्बन्धी विशेष कानुन लागू गरेपछि बेलायतले सो भिसा प्रदान गर्ने घोषणा गरेको थियो ।