१४ बैशाख २०८१, शुक्रबार
Follow Us

ल्होछार मनाउन कलाकारद्धय अमात्य र गुरुङ लन्डनमा

नेपालब्रिटेन डट कम्
१४ पुष २०७३, बिहीबार १३:२५

लन्डन । तमुधिं यूकेले तमुहरुको मौलिक महान पर्व ल्होछार भव्य 
रुपमा मनाउने तयारी गरेको छ । तमुधिं यूकेको आयोजनामा रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्समा शनिवार हुने बिशेष कार्यक्रममा सहभागी हुन कलाकारद्धय मिलन अमात्य र मनोज गुरुङ लन्डन आइपुगेका छन् । कलाकाद्धय विहीवार लन्डनस्थित हित्रो विमानस्थलमा आइपुग्दा तमुधिं यूकेका पदाधिकारीले स्वागत गरे ।
कार्यक्रम संयोजक एवं नवनिर्वाचित तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङका अनुसार, ल्होछार तयारी सकिएको छ । कार्यक्रमका प्रमुख अतिथी हुने छन राजदूत डा दुर्गाबहादुर सुवेदी ।
ल्होछारकै लागि नेपालबाट विशेष अतिथीहरु घाकर रिम्पोछे, धरम गुरुहरु समेत आउने कार्यक्रम छ । कार्यक्रममा बेलायतमै रहेका मधुसुदन थापा र सम्झना लामिछानेले लगायत स्थानीय कलाकारहरुको नृत्य 
एवं सांस्कृतिक प्रस्तुति रहने तमुधिं यूकेले जनाएको छ ।
सोही कार्यक्रममा हरेक बर्ष जस्तै जिसिएसइ, ए लेभल र विश्वविद्यालय पढाइमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई डा. हर्क एवं डा. चन्द्र अवार्ड तथा कम्युनिटी अवार्ड प्रदान गर्ने कार्यक्रम छ ।

उक्त अवसरमा फ्रेंसी पत्रिका विमोचन समेत हुनेछ । त्यसै सांझ अध्यक्ष ज्ञाम गुरुङसहितको नयां कार्यसमितिले औपचारिक रुपमा नयां नेतृत्व ग्रहण गर्नेछ ।
ल्होछारको अघिल्लो दिन शुक्रवार बीसीसी यूके गुम्बा, अल्डरसटमा धार्मिक पूजा समेत गर्ने तयारी तमुधिं यूकेको छ ।

उक्त कार्यक्रमको आकर्षण राफल ड्र समेत हुनेछ जसमा प्रथम पुरस्कार एक तोला सुन, दोश्रो पुरस्कार कम्प्युटर र तेश्रो पुरस्कार आइ फोन राखिएको छ ।