१५ बैशाख २०८१, शनिबार
Follow Us

कोरोना खोप निर्यातमा प्रतिबन्ध लगाउने ईयूको निर्णयप्रति बेलायतको असन्तुष्टि

नेपालब्रिटेन संवाददाता
१८ माघ २०७७, आईतवार ०३:४०

लन्डन । युरोपियन संघ ‘ईयू’ले कोरोनाविरुद्धको खोप निर्यातमा अस्थायी प्रतिबन्ध लगाउने निर्णयप्रति बेलायतले असन्तुष्टि जनाएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बेलायतले खोप निर्यात प्रति आफु विश्वस्त रहेको भन्दै निर्धारित योजना अनुसार नै कार्यक्रम अघि बढने विश्वास व्यक्त गरेका छन् ।

यूरोपियन कमिशनका अध्यक्ष उर्सुला भोन डेर लेयेनसंग कुरा गर्दै उनले खोप निर्यात नरोकिने र आफ्नो योजना अनुसार निर्यात गरिने जनाएका हुन् ।

बेलायतले फेब्रुअरी १५ सम्म १ करोड ५० लाख डोज खोप निर्यात गर्ने तयारी गरेको छ । खोप उत्पादकहरूले ईयू भन्दा बाहिर खोप वितरण गर्नका ऊसँग अनुमति लिनुपर्ने नियमले बेलायत सहित अमेरिका, क्यानडा र अस्ट्रेलियासहित एक सय मुलुकहरू प्रभावित भएका छन् ।

ईयूकी स्वास्थ्य आयुक्त स्टेला किरियाकिअसले सबै नागरिकको खोपमा पहुँच निश्चित गर्ने प्रतिबद्धता जनाएकी छिन् । एस्ट्राजेनेकाले समयमा खोप उपलब्ध नगराएपछि ईयुका मुलुक आक्रोशित छन् । मार्चसम्म उपलब्ध गराउनुपर्ने खोप फाइजरले नदिँदा खोप कार्यक्रम प्रभावित भएको छ ।