११ बैशाख २०८१, मंगलवार
Follow Us

म्यानचेष्टर सिटीद्वारा सेफिल्ड पराजित

नेपालब्रिटेन संवाददाता
१८ माघ २०७७, आईतवार ०३:४२

लन्डन । म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलको अंक तालिकामा ३ अंकको अग्रता लिएको छ । गएराति भएको खेलमा सेफिल्ड युनाईटेडलाई सिटीले १-० ले हराएको हो ।

सिटीलाई विजयी गराउन ग्राब्रियल जिससले निर्णायक गोल गरे । जितसँगै सिटीले अंक तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडसँग तीन अंकको अग्रता लिएको छ । २० खेलबाट सिटीको ४४ अंक भएको छ भने एक खेल बढी खेलेको म्यानचेस्टर युनाईटेडको ४१ अंक छ ।

म्यानचेस्टर युनाईटेडले गएराति आर्सनलसँग गोलरहित बराबरी खेलेको छ । आर्सनल ३१ अंक जोडेर नवौं स्थानमा रहेको छ । राति नै भएका खेलमा न्युक्यासन युनाईटेडले एभर्टनलाई २-० ले हरायो । क्रिष्टल प्यालेसले उल्भ तथा एस्टन भिल्लाले साउथह्याम्पटनलाई समान १-० गोल अन्तरले पराजित गरे । वेष्ट ब्रोम र फुमहमले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।