१४ बैशाख २०८१, शुक्रबार
Follow Us

जुवाको खालबाट लेखापाल पक्राउ

नेपालब्रिटेन संवाददाता
१८ माघ २०७७, आईतवार ०३:४४

बलेवा । जिल्लाको निसी खोला गाउँपालिकाका लेखापाल खगेन्द्र बुढा मगरसहित छ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट गस्तीमा रहेका प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । रातको समयमा तास खेलिरहेको अवस्थामा भेटेपछि राति १२ः३० बजेको समयमा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

निसी खोला गाउँपालिका–२ जुग्गा खोलामा तास खेलिरहेको प्राप्त सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुगेका थिए । उनीहरुबाट प्रहरीले रु २३ हजार बरामद गरेको छ । पक्राउ पर्नेमा लेखापाल बुढामगरसहित रेशम छन्त्याल, रोशन छन्त्याल, कोपील भन्ने गमबहादुर केसी, मोहन बस्नेत र खगेन्द्र कुँवर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिए ।

थप अनुसन्धानका लागि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याइँदै गरेको उनको भनाइ छ ।