१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भोलीदेखि सरकारी पक्षको बहस हुने

नेपालब्रिटेन संवाददाता
१८ माघ २०७७, आईतवार ०८:५५

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध दायर १३ वटै रिटमाथि सरकारका तर्फबाट भोली (सोमबार) देखि बहस हुने भएको छ ।

प्रतिनिधिसभा विघटन विरुद्ध परेका १३ वटा रिटमाथि निवेदकको पक्षबाट भइरहेको बहस आज सकिने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका रिट निवेदनमाथि सुनुवाई भइरहेको संवैधानिक इजलासमा आइतबार नवौँदेखि १२ औँ रिटसम्मको बहस सकिएको छ ।

नवौँ रिटमाथि रिट निवेदकसमेत रहेका अधिवक्ताद्वय अमिता गौतम र कीर्तिनाथ शर्मा पौडेलले आइतबार बहस गरेका थिए । यस्तै, दशौं रिट निवेदक अधिवक्ता लोकेन्द्रबहादुर ओली, एघारौं रिटका निवेदक कलमबहादुर खत्री र बाह्रौं रिटका निवेदक मणिराम उपाध्यायले आइतबार नै बहस सकेका छन् ।

बाह्रौं रिटमाथिको बहस सकेर खाजा समयका लागि ‘ब्रेक’ लिएको इजलासमा ब्रेकलगत्तै तेह्रौं रिट निवेदनमाथि बहस हुनेछ ।