१२ बैशाख २०८१, बुधबार
Follow Us

थप १०५ जनामा कोरोना पुष्टि, २८८ जना संक्रमणमुक्त

नेपालब्रिटेन संवाददाता
१८ माघ २०७७, आईतवार ११:४७

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संगै कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ७० हजनर ९ सय ५९ पुगेको छ ।

त्यसैगरी आज २८८ जना कोरोना संक्रमित संक्रमणमुक्त भई घर फर्किएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६६ हजार ३ सय ३३ जना पुगेको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै, आज (आइतबार) कोरोना भाइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाठ मृत्यु हुनेको संख्या २ हजार २८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल २ हजार ५ सय ९४ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या १०२ रहेको छ ।