१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनए अध्यक्षमा उम्मेदवार बन्ने डा. बद्री केसीको घोषणा

नेपालब्रिटेन डट कम्
१८ माघ २०७७, आईतवार २०:४५

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले आगामी कार्यकालको लागि आफु अध्यक्ष पदको लागि उम्मेदवार भएको बताएका छन् ।

डा. केसीले आइतवार न्यूजट्वान्टीफोरआवरसंगको एक अन्तरक्रिया कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

उनले गैरआवासीय नपाली संघको अभियानमा १५ वर्ष देखी निरन्तर काम गरेको अनुभव र अहिलेको कार्यसमितिमा आफु सिनियर भएको कारणले पनि अध्यक्षमा उम्मेदवारी दिने क्षमता राख्ने बताए ।

डा. केसीले संस्थागत सुद्धिकरण, एनआरएनएमा दोस्रो पुस्ता, महिला, युवाको सहभागीता, नेपालमा लगानी, विज्ञान प्रविधी, बैदेशिक रोजगारी लगायतका क्षेत्रमा सकृय भएर काम गर्ने प्रतिबद्धता जनाए । उनको उम्मेदवारी औपाचारिक रुपमा घोषणा हुन भने बाँकी नै छ ।

डा. केसी २००३ देखि एनआरएन अभियानमा होमिएका २००७ सम्म आईसीसी रुसको साधारण सदस्य रहे । त्यसपछि २००७ देखि ००९ सम्म आईसीसी रुसको महासचिव भएर काम गरेका उनी २००९ देखि भने अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) प्रवेश गरे । २००९–२०११, २००११–२०१३ गरी दुई कार्यकाल आईसीसी सदस्य रहेका उनी २०१३ – २०१५ मा भने कोषाध्यक्ष चयन भए । त्यसपछि २०१५ देखि २०१९ सम्म दुई कार्यकाल महासचिव र २०१९ – २०२१ मा उपाध्यक्ष रहेका उनले अहिले आएर अध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् ।

अमृत साइन्स कलेजबाट १९९० मा आईएस्सी गरेका उनले १९९६ मा बायो टेक्नोलोजीमा रुसको मस्कोबाट इन्जिनियरिङ गरेका हुन् ।

त्यसपछि बायो टेक्नोलोजीमै मस्कोबाट २००१ मा पिएचडी समेत गरेका उनले २००९ मा मस्को स्टेट यूनिभर्सिटीबाट ईएमबीए पनि गरे । उनको रसिया र नेपालमा विभिन्न क्षेत्रमा लगानी रहेको छ ।

गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन आगामी अक्टोवर महिनामा हुने अपेक्षा गरिएको छ । सो अधिवेशनले संघको आगामी २ वर्षको लागि नयाँ नेतृत्वको चयन गर्नेछ ।

सो अधिवेशनको तयारीका लागि संघले स्मार्ट एनआरएनए अन्तरर्गत अनलाइन भोटिङ्ग, प्रतिनिधी चयन, राष्ट्रिय समितिका निर्वाचन लगायतका विषयलाई व्यवस्थित गर्न गत साता विशेष महाधिवेशन मार्फत संघको विधानमा संशोधन गरेको थियो ।