१३ बैशाख २०८१, बिहीबार
Follow Us

लयमा फर्कंदै लिभरपुल

नेपालब्रिटेन संवाददाता
१९ माघ २०७७, सोमबार ०५:२९

लन्डन । लिभरपुल इङ्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले वेष्टह्यामलाई उसैको घरेलु मैदानमा एक गोलका विरुद्ध तीन गोलको अन्तरले जीत निकालेको हो ।

पहिलो हाफमा गोलरहित बराबरीमा खेलेको लिभरपुलले दोस्रो हाफको ५७औं मिनेटमा मोहम्मद सालाले गरेको गोलले खेलमा अग्रता कायम गर्न सुरु गरेको थियो । लिभरपुलका मोहम्मद सालाले नै पुनः अर्को गोल थप्दै यो अग्रतालाई कायम राख्दै खेलको अन्त्यसम्ममा तीन गोलको फराकिलो जीत निकालेको हो ।

गएराती सम्पन्न अर्को खेलमा तेस्रो स्थानमा रहेको लेस्टर सिटी बाह्रौं स्थानमा रहेको लिड्स युनाइटेडसँग स्तब्ध बनेको छ । आफ्नै घरेलु मैदानमा लेस्टर लिड्ससँग एक गोलका विरुद्ध तीन गोलको अन्तरले पराजित भएको हो ।

त्यसैगरी अर्को खेलमा एस्टनभिल्लाले साउथ ह्यामटनलाई र अहिले बिहान सम्पन्न खेलमा ब्राइटनले टोटनह्यामलाई पराजित गरेको छ ।

अंकतालिकामा म्यानचेष्टर सिटी ४४ अंकसहित शीर्ष स्थानमा छ भने म्यानचेष्टर युनाइटेड ४१ अंकसहित दोस्रो र लिभरपुल ४० अंकसहित तेस्रो स्थानमा रहेका छन् ।