१६ चैत्र २०८०, शुक्रबार
Follow Us

विश्वकै बदनाम नौ सहर

नेपालब्रिटेन डट कम्
१९ माघ २०७७, सोमबार ०६:२८

मानवजीवन खतराले भरिपूर्ण छ । खतरा हामीसँगै हुन्छ । ठूलो दुर्घटनाको अपेक्षा नगरौँ, साना घटनामै पनि मानवजीवनले यो धर्तीबाट बिदा लिइरहेका हुन्छन् । जस्तै, चट्याङ, अचानक आउने बाढी र पहिरोजस्ता घटनाबाट धेरैले आफ्नो जीवनको अन्त्य गरिरहेका हुन्छन् । यसबाहेक मानवजीवनका आन्तरिक समस्या पनि हुन्छन् । कुनै कारणले मुटु चल्न छाड्यो वा दिमागमा कुनै समस्या देखियो भने पनि मानवजीवन त्यहीँ रोकिन्छ । यी हाम्रो नियन्त्रणबाहिरका कारण भए, जसले नियमित रूपमा मानवजीवनलाई मृत्युसम्म पु¥याएकै हुन्छन् । यो विषयमा हामी धेरै केही गर्न सक्दैनौँ । हामी अरू केही काम गर्न सक्छौँ, जसले हाम्रो जीवन यात्रा केही लामो बनाउन मद्दत गर्नेछ । त्यसका लागि हामीले आफू बस्ने सुरक्षित सहरको खोजी गर्नुपर्छ । अथवा खतरनाक सहरमा बस्नुहुन्न । त्यस्ता सहर कहाँ छन् ? हेर्नुहोस्, विश्वका खतरनाक नौ सहर :–

१, एलेप्पो, सिरिया

सिरियाको राजनीतिक अवस्थाबारे विश्वलाई जानकारी छ । यो आन्तरिक द्वन्द्वले ध्वस्त प्रायः बनेको सहर हो । द्वन्द्वकै कारण एलेप्पोका धेरै सर्वसाधारणले अन्यत्र नै शरणार्थीको रूपमा आश्रय लिएका छन् । सहरको अवस्था नाजुक बन्दै गएपछि एलेप्पोका धेरै नागरिक सीमा पार गरी टर्की पुगेका छन् । द्वन्द्वबाहेक त्यहाँको अवस्था अरू दृष्टिकोणबाट पनि कठिन बनेको छ । त्यहाँ बिजुली बत्ती, खानेपानीजस्ता आधारभूत आवश्यताकै अभाव छ । त्यसले गर्दा त्यहाँ रहेकाहरूको दैनिक जीवन थप कष्टकर देखिएको छ ।

२. सान पेद्रो सुला, होन्डुरस
होन्डुरसले पर्यटकलाई सधैँ रमणीय दृश्यको आनन्द दिने गर्छ । कतिपय स्थानमा त्यही खालको शान्ति पनि पाइन्छ । तर, सान पेद्रो सुला अपराधका घटनाले बदनाम सहर बनेको छ । त्यहाँ कैयौँपटक पर्यटक नै हिंसामा पर्ने गरेका छन् । पर्यटकहरूले अपहरण र आर्थिक कारणले प्रेरित विभिन्नखाले हिंसा व्यहोर्नुपरेको छ । त्यस्ता कतिपय घटनामा पर्यटकको हत्या नै भएको पनि छ । सान पेद्रो सुलालाई विश्वकै हिंसाको राजधानीको रूपमा पनि चिनिने गरेको छ ।

३. काराकस, भेनेजुएला

सन् २०१३ मा राष्ट्रपति ह्युगो चाभेजको मृत्यु भएपछि भेनेजुएलाको राजधानीमा थप अशान्ति छाएको छ । नागरिक निरन्तर रूपमा सडक आन्दोलनमा उत्रिरहेका छन्, त्यसकै कारण नियमित रूपमै झडपहरू भइरहेको हुन्छ । त्यही झडपको कारण नियमितजस्तै मानिसको मृत्यु हुने गरेको छ । आन्दोलनसँगै हिंसाको घटना नियन्त्रणबाहिर देखिएको छ । सरकारले समेत यो अवस्थालाई नियन्त्रणमा लिन सकेको छैन ।

४. केपटाउन, दक्षिण अफ्रिका

केपटाउनमा पछिल्लो एक दशकदेखि हिंसाजन्य गतिविधि घट्दो अवस्थामा थियो । तुलनात्मक रूपमा केपटाउनवासीले यो अवधिमा शान्तिको अनुभूति गरेका छन् । तर, पछिल्ला घटनाले केपटाउनको शान्तिपूर्ण अवस्था अन्त्य हुने अवस्थामा देखिएको छ । पछिल्लो समय केपटाउनमा लागुऔषधसम्बन्धी हिंसाको घटना नियमित रूपमा बढ्न थालेका छन् । केपटाउनमा लागुऔषधसँग सम्बन्धित हिंसाको घटना १४ प्रतिशतले बढेको छ ।

५, काबुल, अफगानिस्तान

युद्धले ध्वस्त प्रायः अफगानिस्तान विश्वकै अर्काे संकटपूर्ण सहर हो । अमेरिकी र युरोपेली सेनाले लामो समय अखडा बनाएको काबुलमा कति खेर के हुन्छ भनेर अनुमान गर्न मुस्किल छ । काबुलको ठूलो समस्या भनेको आत्मघाती आक्रमण हो । आफ्नै शरीरमा बम बोकेर आएकाहरूले कति खेर सबैलाई उडाउने हो, पत्तै हँुदैन । यो अवस्था तत्काल नियन्त्रणमा आउने सम्भावना पनि छैन । यो अवस्थाले काबुलका स्थानीयलाई समस्या त थपेकै छ । त्यहाँ पुग्ने जोकोहीले असुरक्षित महसुस गर्छन् ।

६, अकापुल्को, मेक्सिको

अकापुल्कोलाई बिदा मनाउन जानेहरूका लागि अमेरिकी क्षेत्रकै चर्चित गन्तव्य मानिन्छ । यद्यपि, यो क्षेत्र लागुऔषध व्यापारीहरूको अखडाजस्तै हो । यसकै कारण हुने झडपले सहरलाई नै बदनाम बनाएको छ । लागुऔषध कारोबारीबीच र कति समय सरकारी सुरक्षाकर्मीबीच हुने झडप सार्वजनिक रूपमै देखिने गर्दछ । त्यसले गर्दा सर्वसाधारणलाई आतंकित तुल्याउने गरेको छ । उनीहरूको दैनिक जीवन नै संकटपूर्ण हुने गरेको छ ।

७. मोगादिसु, सोमालिया

मोगादिसुलाई पाइरेसीका लागि विश्वकै उपयुक्त स्थान मानिन्छ । यो सहरमा कानुन नै छैन भन्दा पनि हुन्छ । आतंककारी, अपहरणकारी र अरू विभिन्न किसिमका हिंसा गर्नेहरूको समूह रहने सहरको रूपमा परिचित छ, मोगादिसु । सरकारी अधिकारीहरूले अवस्थालाई आफ्नो नियन्त्रणमा ल्याउने नियमित प्रयास गरिरहेकै छन् । यद्यपि, उनीहरूको प्रयास सफलताभन्दा निकै टाढा देखिएको छ ।

८. कराँची, पाकिस्तान

पाकिस्तानको कराँची पनि असुरक्षित सहरमध्येमा पर्छ । यो सहरमा सरकारी कर्मचारी, प्रहरीदेखि कसैले पनि सुरक्षित महसुस गर्दैनन् । एक समय कराँचीको प्रहरी त्यहाँको एउटा आतंककारी समूहको निसानामा थियो । कुनै पनि समय ती समूहद्वारा प्रहरी मारिन्थे । कराँचीमा सामान्य खर्च गर्न सक्ने जोकोही पनि सहजै हिंसाको यस्तो घटनामा सहभागी भएको देखिएको छ । त्यही कारण हुन सक्छ, कराँचीमा हत्याको दर विश्वको अरू कुनै सहरभन्दा बढी छ ।

९. मासियो, ब्राजिल

ब्राजिलको मासियो लागुऔषध कारोबारीबीचको द्वन्द्व र हिंसाले क्षतविक्षत भएकोमध्येको एक सहर हो । यो सहरमा कारोबारीबीचको हिंसाले मात्रै होइन, प्रायः घरका सदस्यहरू लागुऔषधको दुव्र्यसनीमा छन् । यसले हिंसा नियमितजस्तै हुने गरेको छ । त्यसमाथि उनीहरूको गरिबीको समस्याले गर्दा हिंसामा निरन्तर वृद्धि भएको देखिएको छ । दुव्र्यसनीमा फसेकाहरू लागुऔषधको खोजीमै हुन्छन् । त्यसकै लागि पनि उनीहरू नियमितजस्तै हिंसाका घटनामा संलग्न भएको पाइएको छ ।