१४ बैशाख २०८१, शुक्रबार
Follow Us

साउथ ह्याम्पटनको पोस्टमा म्यानचेस्टर युनाइटेडको ९ गोल

नेपालब्रिटेन संवाददाता
२१ माघ २०७७, बुधबार ०४:३८

लन्डन । इङ्लिस प्रिमियर लिगमा गोलको वर्षा भएको छ । आज बिहान सम्पन्न खेलमा म्यानचेष्टर युनाइटेडले आफ्नो घरेलु मैदानको भरपुर फाइदा उठाउँदै साउथ ह्याम्टनलाई शुन्यका विरुद्ध ९ गोलले पराजित गरेको हो ।

खेलको पहिलो हाफको दोस्रो मिनेटमै एलेक्सएन्ड्रेले पाएको रातो कार्डबाट दशजना खेलाडीमा सीमित साउथ ह्याम्पटनमाथि पहिलो हाफमा ०-४ ले पछाडी परेको थियो ।

दोस्रो हाफमा पनि डिफेन्डर वेडनारेकले रातो कार्ड खाँदै साउथ ह्याम्पटन ९ खेलाडीमा सीमित भएपछि युनाइटेडले नौ गोलको फराकिलो जीत निकालेको हो । जीत निकाले पनि अंक तालिकामा भने युनाइटेड सिटी भन्दा तल दोस्रो स्थानमा रहेको छ ।

आजै बिहान सम्पन्न अर्को खेलमा क्रिष्टल प्यालेसले न्युक्यास्टललाई उसैको घरेलु मैदानमा एक गोलका विरुद्ध दुई गोल गर्दै जीत निकालेको छ । आज राती भने प्रिमियर लिगका तीन महत्वपूर्ण खेलहरु खेलिंदैछन् । जसमा म्यानचेष्टर सिटी वर्नलीसँग ,लेस्टर सिटी फुलह्यामसँग र लिभरपुल ब्राइटनसँग आमनेसामने गर्दैछन् ।