१३ बैशाख २०८१, बिहीबार
Follow Us

युवा संघ केन्द्रीय सदस्य बुढाथोकीमाथि खुकुरी प्रहार

नेपालब्रिटेन डट कम्
१५ पुष २०७३, शुक्रबार ०५:०९

काठमाडौं । नेकपा एमाले निकट युवा संघ केन्द्रीय अध्यक्ष दुर्गा तिवारीको हत्याको घटना सेलाउन नपाउँदै युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार भएको छ ।
बिहीबार राति बाँकेको कोहलपुरमा अज्ञात समूहको खुकुरी प्रहारबाट बुढाथोकी गम्भीर घाइते भएका छन् । बुढाथोकीलाई उपचारका लागि भारतको लखनउ लगिएको युवा संघले जनाएको छ ।
बुढाथोकीको हत्या गर्ने उद्देश्यले आक्रमण भएको भन्दै युवा संघले बिहीबार राति ९ बजे नै विज्ञप्ति निकालेर खुकुरी प्रहार गर्नेको खोजी गरी तत्काल कारबाही गर्न सरकारसँग माग गरेको छ ।
बुढाथोकीमाथि कसले र किन आक्रमण गर्यो भन्ने खुल्न सकेको छैन । युवा संघले भने संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावविरुद्ध एमालेले गरिरहेको आन्दोलनबाट तर्सिएर आफ्न नेतामाथि निरन्तर आक्रमण भइरहेको जनाएको छ ।
तिवारीको गत पुस ४ गते हत्या भएको थियो ।