१४ बैशाख २०८१, शुक्रबार
Follow Us

ब्राइटनसँग लिभरपुल स्तब्ध

नेपालब्रिटेन संवाददाता
२२ माघ २०७७, बिहीबार ०५:२०

लन्डन । साविक विजेता लिभरपुल आफ्नै घरेलु मैदानमा ब्राइटनसँग स्तब्ध बन्न पुगेको छ । सत्रौं स्थानमा रहेको ब्राइटनले लिभरपुललाई शुन्यका विरुद्ध एक गोलले पराजित गरेको हो । यो हारसँगै लिभरपुल अंकतालिकाको एक खुड्किलो तल झर्दै चौथो स्थानमा पुगेको छ ।

इङ्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटीले आफ्नो विजययात्रा कायमै राखेको छ । गएराती सम्पन्न खेलमा सिटीले बर्न्लीलाई उसैको घरेलु मैदानमा शुन्यका विरुद्ध दुई गोलले जीत निकाल्दै ४७ अंकसहित शीर्ष स्थानमा पुगेको छ ।

गएराती नै सम्पन्न अर्को खेलमा फुलह्‍याम आफ्नै घरेलु मैदानमा लेस्टरसिटीसँग स्तब्ध बनेको छ । लेस्टरले शुन्यका विरुद्ध दुई गोलले फुलह्याममाथि जीत निकाल्दै ४२ अंकसहित तेस्रो स्थानमा रहन सफल भएको छ ।

आज बिहान सम्पन्न अन्य दुई खेलहरूमा इभरटनले लिड्सलाई उसैको घरेलु मैदानमा एक गोलका विरुद्ध दुई गोलले जीत हासिल गरेको छ ।

त्यसैगरी एस्टनभिल्ला आफ्नै घरेलु मैदानमा वेस्टह्यामसँग पराजित हुन पुगेको छ । वेस्टह्यामले एस्टनभिल्लालाई एक गोलका विरुद्ध तीन गोलले पराजित गरेको छ । म्यानचेस्टर युनाइटेड भने ४४ अंकसहित दोस्रो स्थानमै रहेको छ ।