१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सद्दाम हुसेनको महल हेर्न चाहनुहुन्छ ? फोटो फिचर

नेपालब्रिटेन डट कम्
१५ पुष २०७३, शुक्रबार ०६:५५

बसरामा सद्दाम हुसेनको एउटा महललाई अहिले म्युजियम बनाइएको छ । त्यहाँ इराकको ऐतिहासिक र बहुमूल्य वस्तुहरु राखिएको छ । गत साता मात्र यो महलमा राखिएको ऐतिहासिक धरोहर हेर्नका लागि सयौं मानिसहरु त्यहाँ पुगेका थिए । बसराको महललाई म्युजियम बनाउने काम अहिले पूरा भइसकेको छैन । यद्यपि सर्वसाधारणका लागि ग्यालेरी भने खुला राखिएको छ ।
3
बसराको महललाई नयाँ रुप दिन महदी अलुस्वीको विशेष योगदान रहेको छ । यो भवनलाई ब्रिटिस सेनाले आफ्नो अपरेशन सेन्टरको रुपमा प्रयोग गर्दै आएको थियो । उक्त भवनलाई मिलिसियाले नराम्रोसँग क्षति पु¥याएका छन् । कुनै समय सत्ता र भव्यताको निशानीको रुपमा रहेको यो भवन पछिल्लो समय खण्डहर बनिएको थियो ।
अलुस्वीले भने, ‘मैले यो भवन पहिलो पटक देख्दा लाग्यो, यो इँटाबाट होइन, मानिसको रगतबाट बनेको छ । उक्त महलको छत सफा गरेर पेन्टिङ गरिएको छ । इञ्जिनियर डयुरे ताँवफिक भन्छन्, ती अनौठो कुरा जान्न मलाई इच्छा थियो, महलका स्टाफ प्रत्येक दिन तीन पटक खाना पकाउँथे । कुनै दिन सद्दाम हुसेन अचानक आएनन भने त्यहाँ अरु कोही पनि आउँदैनन थिए ।
5
त्यो महलको पर्खाभित्र के छ भन्ने कुरा सद्दाम हुसेनको शासनकालमा अधिकाशं इराकीहरुलाई थाहा पाउन सम्भव भएन । अलूस्वीलाई सबैभन्दा बढी खुशी बरन्डा देखेपछि प्राप्त भयो । उनले त्यो मूल डिजाइनलाई जस्ताको त्यस्तै राखेर बाँकी मात्र मर्मत गरेका छ ।
डयुरे ताँवफिक भन्छन– जब म पहिलो पटक महलमा आएँ, मैले महलको भित्तामा सद्दाम हुसेनको २ सयवटा नाम उक्किएरको भेटे । उनी भन्छ, त्यो अब हाम्रो इतिहासको एउटा भाग भयो । बसराको म्युजियम पछिल्लो पटक सन् १९९१ मा लुटिएको थियो । यसका आधा बहुमूल्य वस्तुहरु चोरी भएको थियो । त्यहाँका निर्देशकलाई गोली हानी हत्या गरिएको थियो । ती हराएका वस्तुको स्थानमा पुरातत्विक महत्वको नयाँ सामाग्री राख्ने जिम्मेवारी नयाँ निर्देशकको हुनेछ । यद्यपि उक्त म्युजियमका नयाँ निर्देशकले सयौं त्यस्ता बस्तु बगदादबाट बसरा ल्याइसकेका छन्, जुन मूल रुपमा ती सम्पत्ति बसराकै थिए । सबै सामग्री सुरक्षित छ भन्ने कुरामा नयाँ निर्देशक ढुक्क छन् ।
बसरा संस्कृति, कला र इतिहासका लागि सम्पन्न सहर मानिन्छ । तर यो विरासतको खुशी मनाउने त्यहाँ कुनै स्थान छैन ।
4
2