१६ चैत्र २०८०, शुक्रबार
Follow Us

चेल्सीसँग टोटनह्‍याम  पराजित

नेपालब्रिटेन संवाददाता
२३ माघ २०७७, शुक्रबार ०६:०८

लन्डन । इङ्लिस प्रिमियर लिग लण्डन डार्बीमा टोटनह्‍याम चेल्सीसँग स्तब्ध बन्न पुगेको छ । आज बिहान सम्पन्न खेलमा आफ्नै घरेलु मैदानमा टोटनह्याम चेल्सीसँग शून्यका विरुद्ध एक गोलले पराजित भएको हो । पहिलो हाफको चौबीसौं मिनेटमा चेल्सीले पाएको पेनाल्टीलाई मिडफिल्डर जोरजिनोले गोलमा परिणत गरेपछि यो गोल नै निर्णायक गोल बन्न पुग्यो ।

लण्डन डार्बीको यो निकै रोमाञ्चक मानिएको खेलमा जीत निकाल्दै चेल्सी दुई खुड्किलो माथि उक्लिदै छैटौं स्थानमा आइपुगेको छ । अब चेल्सीले अर्को खेल सेफिल्ड युनाइटेडसँग उसैको घरेलु मैदानमा आउने सोमबार खेल्नेछ ।

जितसँगै चेल्सी २२ खेलबाट ३६ अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ । समान खेलबाट ३८ अंक जोडेको वेष्ट ह्याम युनाईटेड पाँचौ स्थानमा छ । प्रिमियर लिगका २१ खेलबाट ४७ अंक जोडेको म्यानचेस्टर सिटी शीर्ष स्थानमा रहँदा एक खेल बढी खेलेको म्यान्चेस्टर युनाईटेड ४४ अंकसहित दोस्रो स्थानमा छ ।

तेस्रो स्थानको लेष्टर सिटीको ४२ अंक छ भने ४० अंकका साथ साविक विजेता लिभरपुल चौथो स्थानमा रहेको छ ।