१४ बैशाख २०८१, शुक्रबार
Follow Us

वेष्ट इन्डिजविरुद्ध पहिलो टेष्ट क्रिकेट खेलमा बंगलादेशको अग्रता

नेपालब्रिटेन संवाददाता
२४ माघ २०७७, शनिबार ०४:२७

बंगलादेशले वेष्ट इन्डिजविरुद्ध पहिलो टेष्ट क्रिकेट खेलमा विशाल अग्रता लिएको छ । तेस्रो दिनको खेल समाप्तिसँगै बंगलादेशले २ सय १८ रनको अग्रता कायम राखेको हो ।

पहिलो इनिङमा टस जितेर ब्याटिङ रोजेको बंगलादेशले सबै विकेट गुमाउँदै ४ सय ३० रन बनाएको थियो । दोस्रो इनिङमा भने बंगलादेशको ब्याटिङ लाइन तेति राम्रो देखिएन ।

तेस्रो दिनको खेल समाप्तिसँगै बंगलादेश ३ विकेटको क्षतिमा ४७ रन मात्र जोड्न सफल भएको छ । यसअघि पहिलो इनिङमा पाहुना टोली वेष्ट इन्डिज जम्मा २ सय ५९ रनमा अलआउट भएपछि वेष्ट इन्डिज पहिलो इनिङ मै सम्रगमा १ सय ७१ रनले पछि परेको थियो ।

यसअघि बंगलादेशले वेष्ट इन्डिजसँग ३ एकदिवसीय सिरिज क्लिनस्विप गरेको थियो । २ टेष्ट सिरिजमा घरेलु टोली बंगलादेश त्यस्तै नतिजा निकाल्ने दाउमा रहेको छ ।