१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सरसर्ती संसारका लेखक जीवा लामिछाने लन्डन आउने

नेपालब्रिटेन डट कम्
१५ पुष २०७३, शुक्रबार ०८:४१

लन्डन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका 
प्रमुख संरक्षक जीवा लामिछाने आफ्नो नयां कृति ‘सरसर्ती संसार’ को बेलायत बिमोचनका लागि लन्डन आउने भएका छन् ।

लामिछानेद्धारा लिखित सरसर्ती संसार बेलायत विमोचन आगामी जनवरी ८ तारिख आइतबार लन्डनमा हुने विशेष कार्यक्रममा भाग लिन लामिछाने बेलायत आउन लागेको नेपालब्रिटेन डट कममा अध्यक्ष चिरन्जीवी ढकालले जनाए ।

इष्टकोटस्थित भेन्यू फाइभ रेष्टुरेन्टमा हुने उक्त लोकार्पण समारोहमा प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीसहित बेलायतका विभिन्न साहित्यिक संघसंस्थाका प्रतिनिधि, सामाजिक अगुवा, सञ्चारकर्मी लगायत उपस्थित हुने बताएको छ ।

सो कार्यक्रमको संयोजन बेलायतबाट संचालिन अनलाइन समाचार प्रोटल नेपालब्रिटेन डट कमले गर्ने भएको छ । उक्त दिन नियात्राकार लामिछानेले पाठकहरुको जिज्ञासाको समेत जवाफ दिने छन् ।
एनआरएनए पूर्व अध्यक्ष लामिछानेले विश्वका पांचै महादेश घुम्दाका अनुभव संग्रहित ‘सरसर्ती संसार’ नेपाल, मस्को र तान्जानियामा विमोचन भइसकेको छ ।