१३ बैशाख २०८१, बिहीबार
Follow Us

इङल्याण्डको गतिलो प्रदर्शन

नेपालब्रिटेन डट कम्
२४ माघ २०७७, शनिबार १५:४१

एजेन्सी । भारत विरुद्धको पहिलो टेस्ट म्याचमा इङल्याण्डले गतिलो प्रदर्शन गरेको छ । दोस्रो दिनको समाप्तीमा इङल्याण्डले ८ विकेट गुमाई ५ सय ५५ रनको उच्च योगफल तयार पारेको छ । इङल्याण्डका कप्तान जो रुटले शानदार शुरुवात गरेका छन् । चेन्नईमा भइरहेको खेलमा उनले २ सय १८ रनको योगदान गरे । उप कप्तान बेन स्टोक्स्ले ८२ रनको पारी खेले ।

हिजो पहिलो दिन कप्तान रुटले १ सय २८ रन बनाएका थिए । योसंगै कप्तान जो रुट १०० औं टेस्टमा दोहोरो शतक बनाउने पहिलो क्रिकेटर बनेका छन् । भारतका लागि इशान्त शर्मा, जस्प्रित बुम्राह, रविचन्द्रन आश्विन र शहवाज नदिमले समान २–२ विकेट हात पारे ।

क्रिकेटकै अर्को प्रसंगमा वेष्ट इण्डिज र बंगलादेश बीच भइरहेको टेस्ट म्याचमा बंगलादेश बलियो स्थितिमा पुगेको छ । बंगलादेशले आफ्नो पहिलो इनिङस्मा ४ सय ३० रनको योगफल तयार पारेको थियो भने वेष्ट इण्डिजले पहिलो इनिङस्मा २ सय ५९ रन मात्र बनाउन सक्यो । १ सय ७१ रनको अग्रता लिएको बंगलादेशले आफ्रनो दोस्रो इनिङस्मा ८ विकेटको क्षतिमा २ सय २३ रन बनाई इनिङस् डिक्लियरको घोषणा गर्‍यो । वेष्ट इण्डिजको दोस्रो इनिङस्मा शुरुवात राम्रो हुन सकेन । चौथो दिनको खेलको समाप्तीमा उसले ३ विकेट गुमाएर १ सय १० रन बनायो ।