१६ चैत्र २०८०, शुक्रबार
Follow Us

म्यान्चेस्टर सिटी विजयी

नेपालब्रिटेन संवाददाता
२६ माघ २०७७, सोमबार ०६:१८

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यान्चेस्टर सिटीले साविक विजेता लिभरपुललाई हराएको छ । उपाधि होडमा निकै महत्वपूर्ण मानिएको यो खेलमा म्यान सिटी ४–१ को फराकिलो गोल अन्तरमा विजयी भयो ।

लिभरपुलको मैदान एन्फील्डमा भएको खेलमा पाहुना टोली म्यान्चेस्टर सिटीलाई विजयी गराउन इके गुन्डोगानले दुई गोल गर्दा ग्याब्रियल जिसस र फिल फोडेनले एक एक गोल थपे ।

पराजित टोली लिभरपुलका मोहोमद सालाहले पेनाल्टीमार्फत एक गोल गरे । प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले शेफिल्ड युनाईटेडलाई २–१ ले हरायो ।

नयाँ प्रशिक्षक थोमस टुकेलको नेतृत्वमा चेल्सीलाई लगातार दोस्रोे जित दिलाउन मेसन माउन्ट र जर्गीनोले एक एक गोल गरे ।

प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट्सपरले वेष्ट ब्रोमलाई २–० ले हराउँदा वुल्भरह्याम्पटन वान्डरर्स र लेष्टर सिटीले गोलरहित बराबरी खेलेका छन् ।

गएरातिका खेलपछि प्रिमियर लिगको तालिकामा २२ खेलबाट ५० अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा छ । एक खेल बढी खेलेको म्यान्चेस्टर युनाईटेड ४५ अंकसहित दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको लेष्टर सिटीको ४३ अंक छ । ४० अंकसहित लिभरपुल चौथो स्थानमा छ भने पाँर्चौ स्थानको चेल्सीको ३९ अंक भएको छ ।