८ बैशाख २०८१, शनिबार
Follow Us

दिपक शर्माको निर्देशनमा ‘श्रीमती काँ पुग्लान’ भिडियो सार्वजनिक

नेपालब्रिटेन डट कम्
२७ माघ २०७७, मंगलवार ०२:४७

काठमाडौं । कलाकार दिपक शर्माको निर्देशनमा ‘श्रीमती काँ पुग्लान’ गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । जीवन श्रेष्ठको लय शब्द रहेको यस गीतमा जीवन श्रेष्ठ, करुण गन्धर्व र सविता रेस्मी मगरको स्वर रहेको छ ।

गीतको संगीत संयोजन खड्ग गन्धर्वले गरेका छन् । वर्ल्ड कभरेज मिडिया लिमिटेडद्वारा उत्पादन यस म्यूजिक भिडियोलाई अरिना इन्टरटेन्टमेन्टको युट्युव च्यालन मार्फत सोमवार सार्वजनिक गरिएको हो ।

लोकेश भाटको सम्पादनमा रहेको गीतको भिडियो छायांकन बासु न्यौपानेले गरेका छन् । पारिवारिक कथामा आधारित म्युजिक भिडियोको निर्माता मिन रेस्मी मगर हुन् ।

पछिल्लो समयमा नेपालमा प्राय: घट्ने गरेको घटनालाई भिडियो मार्फत देखाउन खोजिएको छ । श्रीमान विदेश गएपछि श्रीमतीले गर्ने हर्कतलाई गीत मार्फत सन्देश दिन खोजिएको छ ।