७ बैशाख २०८१, शुक्रबार
Follow Us

चेल्सी एफए कपको क्वाटरफाइनलमा

नेपालब्रिटेन संवाददाता
३० माघ २०७७, शुक्रबार ०४:००

लन्डन । बार्न्स्लेलाई हराउँदै चेल्सी एफए कप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । गएराति बार्न्स्लेको मैदानमा भएको खेलमा भ्रमणकारी टोली चेल्सीलाई विजयी गराउन ट्यामी अब्राहमले ६८ औं मिनेटमा निर्णायक गोल गरे ।

चेल्सीले अब क्वाटरफाईनलमा शेफिल्ड युनाईटेडसँग खेल्नेछ । एफए कपकै अर्को खेलमा साउथह्याम्पटनले वुल्भरह्याम्पटन वान्डरर्सलाई २–० ले पराजित ग-यो ।

क्वाटरफाइनलमा साउथह्याम्पटनले बर्नमाउथसँग खेल्नेछ । एफ.ए कपका अन्य क्वाटरफाईनल खेलहरुमा म्यान्चेस्टर सिटी र एभर्टन तथा लेष्टर सिटी र म्यान्चेस्टर युनाईटेड भिड्नेछन् । क्वाटरफाईनल खेलहरु आगामि मार्च २० तारिखमा हुनेछ ।